|
पानी श्रोत केन्द्रहरुको मैत्रीपूर्ण अवलोकन भ्रमण |
|
|
|
|
Posted by Administrator
|
|
Saturday, 21 August 2010 |
खानेपानी सम्बन्धी जानकारी र त्यसको व्यवस्थापनको अनुभव आदानप्रदान गर्न त्रिचन्द्र कलेज र श्री यशोधरा बौद्ध मा. वि.का विद्यार्थीहरुले ललितपुरस्थित पानी कक्षा र काठमाडौंको रेन सेन्टरको मैत्रीपूर्ण अवलोकन भ्रमण गरेका छन् । अनुभव र सिकाइहरु आदान प्रदान गरी विद्यार्थी तथा युवा पुस्तामा खानेपानी सम्बन्धित विषयवस्तुको ज्ञान अभिबृद्धि गर्न शहरी खानेपानी र सरसफाइका लागि गैसस मञ्चले नेपाल कलेज अफ डेभ्लपमेन्ट स्टडिज्का युवा विद्यार्थीहरुको संयोजनमा भ्रमणको आयोजना गरेको हो ।
|
|
Read more...
|
|
|
आकासेपानी पुनःभरण गर्न भूमिगत जलभण्डार क्षेत्र संरक्षण गरिने |
|
|
|
|
Posted by Administrator
|
|
Monday, 16 August 2010 |
काठमाण्डौ उपत्यकामा बिद्यमान खानेपानीको समस्या न्यूनीकरणको पहलका लागि डल्लु आवासक्षेत्रका समुदायवासीहरुलाई आकासेपानी संकलन र यसको उपयोग सम्बन्धी प्रशिक्षण दिइएको छ । काठमाडौं उपत्यकाका अधिकांश समुदायहरुमा खानेपानीको काकाकुल अवस्था विद्यमान छ । आकासेपानी संकलन प्रविधि प्रवर्द्धन गरी समुदायस्तरमा आकासेपानीको प्रयोगलाई व्यवहारमा उतार्न गुथि र शहरी खानेपानी र सरसफाइका लागि गैसस मञ्चको सहकार्यमा काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्ड र काठमाडौं लेडी जेसिसले उक्त तालिम आयोजना गरिएको हो ।
|
|
Last Updated ( Tuesday, 17 August 2010 )
|
|
Read more...
|
|
|
पानी शुद्धिकरण सम्बन्धी वक्तृत्वकला प्रतियोगीतामा ४ विधामा विद्यार्थी पुरस्कृत |
|
|
|
|
Posted by Administrator
|
|
Tuesday, 03 August 2010 |
बालबालिकाहरुमा सुरक्षित खानेपानी सम्बन्धी ज्ञान र चेतना अभिबृद्धि गर्न ललितपुरमा "खानेपानी शुद्धिकरणका घरेलु विधि" विषयक अन्तर विद्यालय वक्तृत्वकला प्रतियोगीता आयोजना गरियो । उक्त प्रतियोगितामा वायो स्याण्ड फिल्टर विधामा श्री शान्ति मा.वि.की रेशु श्रेष्ठ, सोडिस विधामा महालक्ष्मी मा.वि.का प्रमोशन सुनुवार, कुम्भेश्वर नि.मा.वि.का करिष्मा राउत क्लोरिनेसन विधामा र संगिता आलेमगर कोलाइडल सिल्भर फिल्टर विधामा पुरस्कृत भएका थिए । बिजयी उत्कृष्ट बिद्यार्थीहरुलाई वरिष्ठ वातावरण पत्रकार भैरव रिसालले पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नु भएको थियो ।
|
|
Read more...
|
|
|
गरिब समुदायको सशक्तिकरणमा लुमन्ति समर्पित |
|
|
|
|
Posted by Administrator
|
|
Sunday, 01 August 2010 |
लुमन्ति आवासको लागि सहयोग समूहले नेपालका बिभिन्न शहरहरुमा न्यून आय भएका तथा सुकुम्बासी समुदायमा आवास, खानेपानी तथा सरसफाइ र महिलाहरूको आर्थिक सशक्तिकरणका लागि बिगतका १७ बर्षदेखि क्रियाशिल भई रहेको लुमन्तिका कार्यकारी निर्देशक लजना मानन्धरले बताउनु भयो । |
|
Read more...
|
|
|
एकपटक पिसाब फेर्नुस्, एक रुपियाँ लिनुस् |
|
|
|
|
Posted by Administrator
|
|
Tuesday, 20 July 2010 |
भेषराज बेल्बासे 'पिसाब गर्नुहोस्, एक रुपियाँ लानुहोस्' भन्ने ठूलो साइनबोर्ड ढोकैमा झुण्ड्याइएको छ । ढोकाबाट पिसाब फेर्न भित्र पस्ने र फेरिसकेपछि बाहिरिनेको लर्को छ । व्यस्त सहरको बीचको सार्वजनिक शौचालयमा तीन रुपियाँसम्म तिरेर पिसाब फेर्न दौडिने दृश्य तपाईंलाई चितवनको दारेचोकमा पुगेपछि भने आश्चर्य लाग्नसक्छ । जति धेरैपटक पिसाब लाग्यो, त्यति कमाइ गर्नसक्ने अनौठो विषयसँग त्यहाँ तपाईंको साक्षात्कार हुनेछ । |
|
Read more...
|
|
|
|
<< Start < Prev 1 2 3 4 5 6 7 8 9 10 Next > End >>
|
| Results 1 - 9 of 137 |