Menu Content/Inhalt
Home
Announcements PDF Print E-mail
Wednesday, 07 November 2007
Article Index
Announcements
Page 2
Page 3
Page 4
बृहत रक्तदान तथा प्रेस फोटो पत्रकारलाई पुरस्कार बितरण
"जीवनको लागि रक्तदान, स्वस्थ जीवनको लागि सरसफाइ"

विश्व पानी दिवस तथा अन्तर्राष्ट्रिय सरसफाइ वर्ष २००८ को सन्दर्भमा सरसफाइ र जनस्वास्थ्यको अन्तरसम्बन्धका बारेमा जनचेतना बढाउनुका साथै सरसफाइ सम्बन्धि गुरुयोजना तयार गरी कार्यक्रम संचालन गर्न नेपाल सरकारलाई आहृवान गर्ने उद्देश्यका साथ यही २०६४ साल चैत्र ७ गते, बिहिबारका दिन काठमाडौंको बसन्तपुरमा बृहत रक्तदान हुँदैछ ।

सरसफाइ तथा खानेपानीको अभावले उत्पन्न हुनसक्ने विपन्नता विरुद्धको विश्वव्यापी अभियान (End Water Poverty Campaign) सचिवालय, UN HABITAT WAC Programme, काठमाण्डौं महानगरपालिका र नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा सञ्चालन हुन गइरहेको यस बृहत रक्तदान कार्यक्रमले सरकार तथा अन्य सरोकारवालाहरुलाई सरसफाइको स्थितिमा सुधारका लागि झक्झकाउने छ ।

उक्त अवसरमा अन्तर्राष्ट्रिय सरसफाइ बर्ष २००८ नेपाल डेस्क, राष्ट्रिय सरसफाइ सचिवालय, UN HABITAT WAC Programme र गुथिद्वारा आयोजित "स्वस्थ्य जीवनका लागि सरसफाइ" विषयक फोटो प्रतियोगिताका बिजयी पत्रकारहरुलाई पुरस्कार वितरण पनि गरिने छ ।

"जीवनको लागि रक्तदान, स्वस्थ जीवनको लागि सरसफाइ"- रक्तदान कार्यक्रम

मिति : २०६४ चैत्र ७ गते बिहिबार

स्थान : बसन्तपुर डबलि, काठमाण्डौं

समय : विहान ९:०० बजेदेखि दिउँसो ३:०० बजेसम्म

पुरस्कार वितरण कार्यक्रम

मिति : २०६४ चैत्र ७ गते बिहिबार

स्थान : बसन्तपुर डबलि, काठमाण्डौं

समय : दिउँसो ४:०० बजे



Last Updated ( Wednesday, 19 March 2008 )