Menu Content/Inhalt
Home arrow समाचार arrow स्थानीय निकायले खानेपानी र सरसफाई कार्यक्रम अनिवार्य रुपमा संचालन गर्नुपर्ने
स्थानीय निकायले खानेपानी र सरसफाई कार्यक्रम अनिवार्य रुपमा संचालन गर्नुपर्ने PDF Print E-mail
Posted by Administrator   
Friday, 04 December 2009
Image तुलनात्मक आधारमा बिगतमा भन्दा नेपालमा गरीबी घटेको देखिएता पनि संख्यात्मक आधारमा गरीबी बढ्दै गएको बिचार व्यक्त गर्नुहुँदै स्थानीय बिकास मन्त्रालयका सहसचिव दिनेश थपलियाले स्थानीय निकायहरुमा बजेट प्रवाह गर्दा मन्त्रालयले खानेपानी, सरसफाई र स्वास्थ्य जस्ता आधारभूत सुबिधा विस्तार कार्यलाई पूर्वशर्त बनाइ अनुदान उपलब्ध गराउनु पर्नेमा जोड दिनुभयो ।
नेपालका नगरपालिका तथा साना शहरहरुमा खानेपानी र सरसफाई सुबिधा बिस्तार  गर्नका लागि आवश्यक श्रोतहरुको पहिचान गर्ने उद्देश्यले आज उपत्यकामा आयोजना गरिएको विभिन्न नगरपालिकाका प्रतिनिधि तथा खानेपानी र सरसफाई सम्बन्धित सरोकारवालाहरुको एक छलफल कार्यक्रममा उहाँले उक्त बिचार व्यक्त गर्नुभएको थियो ।
Imageउक्त छलफल कार्यक्रममा नेपाल नगरपालिका संघका अध्यक्ष डोरमणी पौडेलले स्थानीय निकायहरुले फोहर व्यस्थापनलाई उच्च प्राथमिकतामा राखि दातृ निकाय समक्ष प्रस्तुत हुनु पर्ने बताउनु भयो ।खानेपानी र सरसफाईका क्षेत्रमा कार्यरत संघसंस्था तथा दातृ निकायहरुले एक जुट भई आ-आफ्नो क्षेत्रबाट योगदान पुर्याउनु पर्नेमा उहाँले जोड दिएका थिए ।
भरतपुर, रत्ननगर, बुटवल, रामग्राम, सिद्धार्थनगर, गुलरिया, टीकापुर लगायत ७ नगरपालिका तथा सुनवल, कावासोती, बर्दाघाट गरी तीन साना शहरहरुमा खानेपानी र सरसफाई सुबिधा बिस्तार गर्न स्वस्थ परियोजनाले हालै २० बर्षको योजनाको तर्जुमा गरेको छ । उक्त योजना अनुरुप खानेपानी र सरसफाई क्षेत्रको दीर्घकालीन सुधारका लागि बिभिन्न कार्यक्रमहरु संचालन गर्न पर्याप्त आर्थिक सहयोगको आवश्यता पर्दछ । खानेपानी र सरसफाई गतिबिधिहरु संचालनका लागि आवश्यक आर्थिक श्रोतहरुको पहिचान गर्न उक्त छलफल कार्यक्रमको आयोजना गरिएको हो ।
Image छलफलका सहभागिहरुले खानेपानी र सरसफाई क्षेत्रमा देखिएका समस्या र स्थानीय निकायहरुको बर्तमान रणनीतिहरु औंल्याउँदै उक्त क्षेत्रको बिकासका लागि तर्जुमा गरिएका कार्ययोजनाको प्रभाकारी कार्यान्वयन गर्न श्रोतको पहिचान र सही व्यवस्थापनका लागि बिभिन्न सुझाब प्रस्तुत गरेका थिए । उक्त क्षेत्रको बिकासका लागि स्थानीय निकायलाई जिम्मेवारी र अधिकार सूसम्पन्न बनाउनु पर्नेमा सहभागीहरुले जोड दिएका थिए ।
Last Updated ( Monday, 07 December 2009 )
 
< Prev   Next >