Menu Content/Inhalt
Home arrow समाचार arrow मिस टीन नेपालका सहभागिहरुलाई पानी शिक्षा
मिस टीन नेपालका सहभागिहरुलाई पानी शिक्षा PDF Print E-mail
Posted by Administrator   
Tuesday, 29 December 2009
Image काठमाडौं जेसिसद्धारा आयोजना हुन गइरहेको मिस टीन नेपालका सहभागिहरुलाई खानेपानी श्रोत संरक्षण र पानी व्यवस्थापनको महत्व सम्बन्धि जानकारी प्रदान गर्न गुथिको संयोजनमा पानी शिक्षा तालिमको आयोजना गरिएको छ । उक्त तालिममा २४ मिस टीनहरुको सहभागिता रहेको थियो ।

तालिममा पानीको सही व्यवस्थापनका लागि मानिसहरु समयमै सजग र सचेत नभएको खण्डमा भविष्यमा खानेपानीको ठूलो संकट सृजना हुने शहरी खानेपानी र सरसफाईका लागि गैसस मञ्चका कार्यकारी निर्देशक प्रकाश अमात्यले बिचार व्यक्त गर्नुभयो ।
बर्तमान खानेपानीको अभावको प्रमुख कारण पानी आपूर्तिको कमी मात्र नभई सही पानी व्यवस्थापन सम्बन्धि ज्ञानको अभाव पनि भएको बताउनु हुँदै उहाँले सहभागिहरुलाई दैनिक जीवनमा पानी प्रयोग गर्दा पानीको सदुपयोगलाई ध्यानमा राख्ने सुझाब दिनु भयो ।
उपत्यकाको पानी बितरण प्रणाली सम्बन्धि चर्चा गर्नुहुँदै उहाँले उपत्यकामा हाल बिद्यमान पानीको समस्या न्यूनीकरण गर्न आकासेपानी संकलन प्रविधि उपयोगि रहेको बताउनु भयो । आकासेपानी संकलन तथा त्यसको सदुपयोग गरि काठमाण्डौ उपत्यकामा हाल विद्यमान खानेपानीको समस्या न्यूनीकरण गर्न सकिने उनको विश्वास छ ।
उक्त तालिमका सहभागिहरुलाई उहाँले आकासेपानी प्रविधि, यसका गुणस्तर तथा फाइदा सम्बन्धि जानकारी दिनुभएको थियो । साथै उहाँले दैनिक उपभोगका अतिरिक्त यो प्रविधि जमिनमुनि पानी पुनःभरण गरी पानीका स्थानिय श्रोतहरु जोगाइराख्न पनि उपयोगी हुने बताउनु भएको थियो ।
Image 
पानी व्यवस्थापन र आकासेपानी संकलन सम्बन्धि व्यापक जनचेतना अभिबृद्धि गर्न मिस टीनका सहभागिहरुले भावी दिनमा आ-आफ्नो क्षेत्रबाट उल्लेख्य योगदान पुर्याउन सक्ने गुथिका निर्देशक अनिल स्थापितले बताउनु भयो ।
मिस टीन नेपाल २००९ का संयोजक चन्द्र रवि श्रेष्ठले मानव जीवनमा अत्यावश्यक रहेको पानी सम्बन्धि ज्ञान मिस टीनहरुका लागि उपयोगी र सकारात्मक रहेको बताउनु भयो ।
 
< Prev   Next >