Menu Content/Inhalt
Home
Stressed on Developing Appropriate Policy on Solid Waste Management
Posted by Administrator   
Tuesday, 29 April 2008
व्यवस्थित बसोवास बिकासका लागि ठोस सरकारी नीतिको निर्माणमा जोड
 
नेपालका छिमेकी मुलुकहरुमा मानव बसोवासको क्षेत्रमा भएका उल्लेखनीय उपलब्धीहरुबारे छलफल गरी जानकारी बढाउन र नेपालमा भएका अव्यवस्थीत तथा सुकुम्बासी बस्तीहरूको समस्या न्यूनीकरण गर्न आवश्यक सुझाव आदानप्रदान गर्नका लागि आवासका लागि सहयोग समूह (लुमन्ती) ले बैशाख १६ गते मानवबसोवास बारे एक अन्तरक्रिया कार्यक्रम संचालन गरेको छ । कार्यक्रममा श्रीलंकाको Human Settlement for Infrastructure and Institutional Development Limited का निर्देशक दिशा विरापनाले श्रीलंकामा भएका बसोबास कार्यक्रमबारे विस्तृत जानकारी दिनु भयो । उहाँले सुकुम्बासी बस्तीहरुमा विकास एवं सुधार गर्नका लागि श्रीलंकामा संचालन गरिएका मिलियन हाउजिङ्ग कार्यक्रम (Million Housing Programme) को बारेमा बताउनु हुँदै बसोवास विकासका लागि सञ्चालित यस कार्यक्रमले श्रीलंकाका शहरी तथा दुर्गम भेगमा घर निर्माण तथा बसोवास व्यवस्थित गर्नका लागि गरीबमुखी ऋण प्रवाहको व्यवस्था गरेको बताउनु भयो । सरकारको तर्फबाट प्रस्तावित स्थानमा बस्न चाहने व्यक्तिहरुका लागि कार्यक्रमले स्थानान्तरणको व्यवस्था पनि गरेको छ र स्थानान्तरण हुन नचाहने व्यक्तिहरुका लागि भने मुआब्जाको व्यवस्था गरिएको छ ।
Last Updated ( Tuesday, 03 June 2008 )
Read more...
 
Municipal Officers' Training on Solid Waste Managment in Municipalities
Posted by Administrator   
Tuesday, 29 April 2008
फोहरमैला व्यवस्थापनका लागि नगरप्रमुखहरुलाई प्रशिक्षण

Imageस्थानीय निकायहरुको क्षमता अभिबृद्धि गरी फोहरमैला व्यवस्थापन कार्यमा प्रभावकारीता ल्याउन फोहरमैला प्रवन्ध तथा श्रोत परिचालन केन्द्र र यूएन हाविट्याटकाले आज २०६५ बैशाख १६ गते ललितपुरमा दुई दिने कार्यशाला गोष्ठी आयोजना गरेको छ । उक्त गोष्ठीमा नेपाल अधिराज्यका विभिन्न २५ वटा नगरपालिकाहरुका कार्यकारी अधिकृतहरुको सहभागिता रहेको थियो ।


Last Updated ( Monday, 16 June 2008 )
Read more...
 
Rainwater Harvesting System benefitted People in Jyamirekote
Posted by Administrator   
Tuesday, 22 April 2008
आकासेपानी संकलन प्रणालीबाट ज्यामीरेकोटवासीहरु लाभान्वित

Imageस्थानीय दलित महिला संघको रू २८,००० बराबरको आर्थिक योगदान र शहरी खानेपानी र सरसफाइका लागि गैसस मञ्चको प्राविधिक सहयोगमा ललितपुर जिल्लाको लुभू गाविसस्थित ज्यामिरेकोटमा आकासेपानी संकलन प्रणाली जडान गरिएको छ । आयोजनाबाट ३२ घरपरिवारलाई खानेपानी सुविधा पुग्ने भएको भएको छ ।
Last Updated ( Thursday, 19 June 2008 )
Read more...
 
<< Start < Prev 41 42 43 44 45 46 47 48 49 50 Next > End >>