काठमाडौ : काठमाडौ उपत्यकाभित्रका नदीनालाहरुमा हरेक हप्ताको शनिबार सफाइ अभियान चलिरहेको छ । वाग्मती सफाइ महाअभियान शुरु भएको त पाँच बर्ष भइसकेको छ । तर कानुन कार्यान्वयन गराउने निकाय काठमाडौ महानगरपालिकाले निर्माण गरेको सार्वजनिक शौचालयको ढल समेत सीधै नदीमा मिसाइएको छ ।
काठमाडौं महानगरपालिका १३ टंकेश्वरमा रहेको सार्वजनिक शौचालयको ढल सीधै विष्णुमतिमा मिसाएको पाइएको हो । पुरुषको चार र महिलाको दुई गरी ६ वटा शौचालयको दिसापिसाब ढल मार्फत सीधै विष्णुमतिमा पठाउने गरिएको छ ।
विष्णुमति किनारमा बनाएको सार्वजनिक शौचालय (पछिल्तिरको भाग)
Read more...