काठमाडौं, जेठ २५
मच्छिन्द्रनाथ र मीननाथको जात्रा सकियो भनेर पाताललोकमा नाग देउतालाई सन्देश पठाउन यही जेठ १९ गते लगनखेलको सप्तपातालमा एकजोडी माछा छाडिँदै। अतिक्रमणले सप्तपाताल पोखरी मासिएपछि स्थानीयले खाल्डो खनेर माछा छाडेका हुन्। तस्बिर सौजन्य: प्रकाश अमात्य
Read more...सरकारले प्लास्टिकको प्रयोग बन्द गर्न कडा कदम चाल्यो, प्लास्टिकलाई पसलहरुमा निषेध गरिए। केही समय यसको प्रभाव देखिए, किनमेल गर्न निस्कदाँ घरबाटै कपडा वा जुटका ब्याग बोकेर लिएर आउने पनि बढे।
Read more...सुदीप श्रेष्ठकाठमाडौं, जेठ ८
स्वर्गलोकमा इन्द्र देउतालाई सन्देश पठाउनुछ, मच्छिन्द्रनाथ र मीननाथको जात्रा सकियो भनेर।
त्यस्तै सन्देश पाताललोकमा नाग देउतालाई पनि पठाउनुछ।
बौद्ध तान्त्रिक विधिअनुसार यही जेठ १९ को साइत जुरेको छ। साइतको दिन आकाशमा भुर्रर उडाइने एकजोडी भँगेराले स्वर्गसम्म हाम्रो सन्देश लैजान्छ।