सरकारले आज देखि एक महिनाको लागि साबुन पानीले हात धुने राष्ट्रिय अभियान शुरू गरेको छ।
स्वास्थ्य मन्त्रालयको कोरोना अपटेड कार्यक्रमा खानेपानी मन्त्रालयका सहसचिव रमाकान्त दुवाडीले आजका दिनदेखि कार्तिक १४ गतेसम्म यो अभियान जारी रहने बताए। ‘ह्यान्ड हाइजिन फर अल’ अर्थात् ‘हातको स्वच्छता सबैका लागि’ भन्ने नाराका साथ यो अभियान सुरु गरिएको हो।
Read more...काठमाण्डौ – काठमाण्डौ महानगरपालिकाले आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रममा ६४ वटा स्मार्ट सार्वजनिक शौचालय बनाउने भनेको छ । उपत्यकामा अहिले भएका शौचालयसमेत व्यवस्थित नभएको बेलामा महानगरपालिकाले नयाँ स्मार्ट शौचालय बनाउने बताएको हो । कतिपयले काठमाण्डौ जस्तो ठाउँमा यति धेरैको सङ्ख्यामा शौचालय बनाउनु चुनौतीपूर्ण हुने बताएका छन् । यस्तै स्मार्ट शौचालय निर्माणको लागि आवश्यक जग्गा, पानीलगायतको अभावको समस्या पनि उपत्यकामा छन् । तर महानगरपालिकाले भने चाहने हो भने बनाउन सकिन्छ भन्दै आएको छ ।
Read more...